• बिहिबार, साउन २१ २०८३

बिगबास लिग : होबार्टको जितमा सन्दीपले लिए २ विकेट


सोमबार, माघ १२ २०७७
490
Shares


काठमाडौं । नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध होबार्ट हरिकेन्स सात रनले विजयी बनेको छ । होबार्टका बलर सन्दीपले सिड्नी सिक्सर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्।

उनले सिड्नीका कप्तान मोइसेस हेनरिक्सलाई ११.४ ओभरमा ५३ रनमा क्याच आउट गराए। लगत्तै अर्को बलमा उनले ड्यानियल क्रिस्टियनलाई शून्यमा बोल्ड गरे।

सन्दीपले चार ओभरमा २३ रन खर्चिए। उनले १० बल डट फ्याँक्दा ३ चौका दिए।

सन्दीपले यसअघि पर्थविरुद्ध पनि २ विकेट लिएका थिए। सन्दीपले सिजनमा ७ खेलमा ८ विकेट लिइसकेका छन्।

होबार्टले दिएको १८९ रनको लक्ष्य पछ्याएको सिड्नीले २० ओभरमा ८ विकेटको क्षतिमा १८१ रन जोडे।

सिड्नीका लागि जोर्डन सिल्कले ७८ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङमा होबार्टका सन्दीपले २ विकेट लिँदा नाथान इल्शले ३ विकेट हात पारे।

पहिले ब्याटिङ गरेको होबार्टले २० ओभरमा ८ विकेटको क्षतिमा १८८ रन जोड्यो। होबार्टका लागि म्याथ्यु वेडले ८६ रन र डिआर्ची सर्टले ७२ रन जोडे।

जितसँगै ४ अंक जोडेको होबार्ट अंक तालिकामा २७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार