काठमाडौं । हास्यश्रृङ्खला ‘दुई स्वास्नीको पोइ, कुना पसि रोइ’ मंगलबारदेखि प्रसारणमा आउने भएको छ ।
यो श्रृङ्खला योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८ः३० बजेदेखि प्रसारण हुन लागेको हो । काठमाडौंमै छायाँंकन भएको श्रृङ्खला यूट्युबमा पनि राखिनेछ ।
समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त श्रृङ्खलालाई एसकेएस फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको हो ।
गीता नेपाल (दाउरी) को लेखन रहेको यो श्रृङ्खलालाई ज्ञानकुमार कट्टेलले निर्देशन गरिरहेका छन् ।
श्रृङ्खलामा कलाकार गोपाल ढकाल ‘छन्दे’ले दुई श्रीमतीको श्रीमानको भूमिका छन् । श्रृङ्खलामा छन्दे सशित अभिनेत्री शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, शुशिला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाललगायत कलाकारले अभिनय रहेको छ । श्रृङ्खलाका छायांकार राजु श्रेष्ठ हुन् ।