• बिहिबार, साउन २१ २०८३

उपचारको क्रममा गायकको निधन


सोमबार, माघ १२ २०७७
705
Shares

पोखरा । सार‌ंगी संरक्षणका अभियन्ता एवं चर्चित गायक तथा शब्द संकलक धनबहादुर गायकको निधन भएको छ। गायकको आज बिहान उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिदै आएको थियो ।

उनका यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका गीतहरु चर्चित छन् । पोखराको बाटुलेचौर निवासी गायक संगीत शिक्षक पनि रहेका थिए ।

सारंगीको संरक्षणका लागि गायकले गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर संगीत सिक्न चाहनेलाई निःशुल्क संगित सिकाउने कार्य गर्दै आएका थिए । उनकै सक्रियतामा बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ खुलेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार