• बिहिबार, साउन २१ २०८३

गोरखा सदरमुकामबाट दिउँसै सुन ठगेर फरार


सोमबार, माघ १२ २०७७
1.3K
Shares


गोरखा । गोरखा सदरमुकाम बजारबाट दिउँसै सुन ठगी गरेर एक जना फरार भएका छन् । गोरखा नगरपालिका ६, हरमटारीकी ६३ बर्षिया भद्रकुमारी बि.कको सुन ठगी गरि अपरिचित व्यक्ति फरार भएका हुन् ।

बि.कको घरमा पुगेका अपरिचित व्यक्तिले भएको भन्दा ठूलो सुन दिन्छु भन्दै आइतबार दिउँसो साँढे तीनबजेतिर सुन लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । फरार व्यक्तिको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार