• शुक्रबार, असोज १६ २०८३

महिला लिग : चौधरीको ह्याट्रिक गोलसगैँ आर्मीको पहिलो जित


आइतबार, माघ ११ २०७७
980
Shares


काठमाडौं । बिमला चौधरीको ह्याट्रिक मद्दतमा त्रिभुवन आर्मी क्लवले महिला लिग फुटबलमा पहिलो जित निकालेको छ। पहिलो खेलमा बराबरी गरेको आर्मीले अंकतालिकामा स्पष्ट ३ अंक जोडेको छ।

आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई ७–० को फराकिलो गोल अन्तरमा पाखा लगायो।

आर्मीको सहज जितमा विमला चौधरीले ह्याट्रिक गरिन्। बिमलाले खेलको १४, ६६ र ७५औँ मिनेटमा गोल गरिन्। जारी लिगमा यो दोस्रो ह्याट्रिक हो। यसअघि विभागी एपीएफकी सावित्रा भण्डारीले लिगमा पहिलो ह्याट्रिक हानेकी थिइन्।

दिपा राईले २८, शर्मिला थापाले ४५ , हेमा चौधरीले ८८ मिनेटमा गोल गरे। भुजंगा राईले दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा एक गोल गरिन्।

आर्मीले पहिलो खेलमा विभागीय पुलिससँग गोलरहित बराबरी खेलेको थियो। वालिङले पनि पहिलो खेलमा विराटनगर नगरपालिका मोरङसँग एक एक को बराबरी गर्दै अंक बाँडेको थियो।

आजै हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ र विराटनगर नगरपालिका मोरङ भिड्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार