काठमाडौं । देउरानीको कुटपिटबाट जेठानीको मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४४ वर्षीया भगवती बुढाथोकीको कुटपिटबाट सोही स्थानकी ४८ वर्षीया आइती बुढाथोकीको मृत्यु भएको हो। आइती र भगवती देउरानी जेठानी हुन्।
कुटपिटमा संलग्न भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको भारतको लखनउमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।
मृत्युको खबर सुनेलगत्तै प्रहरीले भगवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।