काठमाडौं । एक युवतीले जबर्जस्ती करणीको उजुरी दिएपछि रामेछापको मन्थली नगरपालिका १० का वडाध्यक्ष भरत बोहोरा पक्राउ परेका छन्।
सोही ठाउँकी एक युवतीले आफूलाई वडाध्यक्ष बोहोराले जबर्जस्ती करणी गरेको भन्दै भक्तपुरको ठिमी प्रहरीमा उजुरी दिएकी थिइन्।
शनिबार मन्थलीको चनखुबाट उनलाई पक्राउ गरेर ठिमी प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।