• बिहिबार, साउन २१ २०८३

लायन्सले दियाे बिधार्थीलाई खाद्धान्न र शैक्षिक सामाग्री


शनिबार, माघ १० २०७७
735
Shares

लायन्स क्लब अफ गोरखा र काठमाण्डौं उपकारले मनकामना बहिरा बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयाेग गरेकाे छ ।

दुई क्लबकाे संयुक्त आयाेजनामा शुक्रबार बिद्यालयमा एक कार्यक्रम गरी खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको बताइएकाे छ । जसमा खाद्यान्न १४ हजार ६ सय र स्टेशनरी, खेलकुद सामाग्रीहरु गरी ९ हजार ७ सय रुपैया बरावरको सामागरी प्रदान गरिएको लायन्स क्लब अआ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।

खाद्यान्न अन्तरर्गत चामल, दाल, चिनी, तेल, मस्यौरा, चियापत्ती र चाउ तथा कापी, कमल, फूटबल र ब्याटमिन्टनका सामाग्रीहरु रहेकाे श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार