• शुक्रबार, असोज १६ २०८३

शुक्रबार थप ३०२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु


शुक्रबार, माघ ९ २०७७
680
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप ३०२ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६८ हजार ९ सय ४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय ८० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ३ सय ४८ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ८६ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार