• बिहिबार, साउन २१ २०८३

कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय फिर्ता लिन गोरखाका किसानको माग


शुक्रबार, माघ ९ २०७७
765
Shares

मेलिना बराम

गोरखा । कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने सरकारी निर्णयको गोरखाका कृषकहरुले विरोध जनाएका छन् ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा कृषीमा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मन्त्रि परिषद्ले ७५ प्रतिशत निर्यात गर्ने सर्त राखेर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निणर्य गरेपछि किसानहरुले विरोध गरेका हुन् ।

नेपाली भूमिहिन, सिमान्तकृत कृषि श्रमिक, महिला तथा साना किसानलाई बिर्सेर केही ठूला लगानीकर्ताहरुको पहलमा कृषिमा विदेशी लगानी ल्याउने निर्णयको विरोध गर्दै राष्ट्रिय कृषक समुह महासंघ गोरखाले आज प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

उत्पादनमा विदेशी लगानी ल्याइए ग्रामीण पारिवारिक तथा आत्मनिर्भर खेती प्रणाली अवलम्बन गरी जीवीका चलाउँदै आएका करिब दुई तिहाई किसानहरुको रोजगारी खोसिने र जीविकोपार्जन, पर्यावरण, पोषणा सुरक्षा, कुल ग्रार्हस्थ उत्पादनमा कृषिको योगदानमा समेत नकारात्मक असर पर्ने भएकाले यो निर्णय फिर्ता लिन महासंघले माग गरेको छ ।

कालान्तरमा कृषकहरुलाई आफ्नो खेतबारीबाटै पलायन गराउने गरी गरिएको यस प्रकारको निर्णय अविलम्ब फिर्ता गरी कृषकलाई सक्षम बनाएर उत्पादन बढाउन जिम्मेवार राज्यको दायित्य वहन गर्न पनि माग गरेको छ ।

ज्ञापन पत्र बुझाउन राष्ट्रिय कृषक समुह महासंघ गोरखाका अध्यक्ष अमृत श्रेष्ठ नेतृत्वको किसानको टोली जिल्ला प्रशासन कार्यलय पुगेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार