• बिहिबार, साउन २१ २०८३

१७ जना नेपालीको शव लिन वाइडबडी विमान मलेसिया जाँदै


शुक्रबार, माघ ९ २०७७
630
Shares

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान आज मलेसिया जाँदैछ ।

आज राति ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान मलेसियाको क्वालालम्पुरका लागि उड्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो विमान भोलि बिहान ८ः३० बजे मलेसियाबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

वाइडबडी जहाजमा एक पटकमा अधिकतम १८ जनाको शव ल्याउने क्षमता हुन्छ । भोलिका लागि १७ जनाको शवका लागि बुकिङ भएको नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।

नेपाल एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदेशमा अलपत्र परेका शवहरु ल्याउन लागेको प्रवक्त श्रेष्ठले बताइन् । यद्यपि प्रक्रिया अन्यौलमा रहँदा अझै पनि कयौं शव नेपाल ल्याउन समस्या भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार