• बिहिबार, साउन २१ २०८३

पोखरामा कोरोनाबाट २५ वर्षीया युवतीको मृत्यु


शुक्रबार, माघ ९ २०७७
600
Shares


पोखरा । पोखरामा कोरोना संक्रमणबाटथप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिए। ।

युवतीको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको कोभिड–१९ परीक्षणमा यही माघ ५ गते संक्रमण पुष्टि भएको डा. शर्माले बताए ।

युवतीमा मृगौलाको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार