• बिहिबार, साउन २१ २०८३

बिगबास लिग : पर्थ स्कोचर्सविरुद्ध सन्दीपले लिए २ विकेट


शुक्रबार, माघ ९ २०७७
640
Shares

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग क्रिकेटमा पर्थ स्कोचर्सविरुद्ध २ विकेट लिएका छन्।

जारी खेलमा सन्दीपले २ ओभर बलिङ गर्दा १४ रन खर्चेर २ विकेट झारेका हुन्।

सन्दीपले ओपनिङ ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई डेविन मलानको हातबाट क्याच आउट गराएका हुन्। लियामले १५ बलको सामना गर्दा २ छक्का र २ चौका हान्दै २६ रन जोडेका थिए।

यस्तै मिशेल मार्सलाई एलबीडब्लु धरापमा पारे। यसअघिका २ खेलमा लगातार विकेट विहिन रहेका सन्दीपले आजको खेलमा २ विकेट लिए।

अष्ट्रेलियाको मेलर्वनमा जारी लिगमा टस जितेर ब्याटिङ गरिरहेको पर्थ स्कोचर्सले यो समाचार तयार पार्दासम्म ९ दशमलव १ ओभरमा ४ विकेट गुमाएर ७८ रन जोडेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार