काठमाडौं । दश वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुक हाङ भनिने पवन लिम्बुलाई प्रहरीले बिहीबार मूलपानीबाट पक्राउ गरेको हो ।
पवनले १० वर्षअघि प्रेमिका सुष्मा तुम्बाहाङ्फेलाई गोली हानी हत्या गरेका थिए । मृतक सुष्मा र आरोपित पवन दुवै ताप्लेजुङका हुन्।
जिल्ला प्रहरी कार्यालय, पाँचथरको आग्रहमा काठमाडौं प्रहरी परिसर, टेकुले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान गरी मुद्दा चलाउन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय पाँचथर पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार २०६७ मा लिम्बुले सामान्य विवादमा प्रेमिकालाई गोली हानेका थिए ।