काठमाडौं । गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ ।
यो गीतमा हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीत छ ।गीतको भिडियोमा नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीले अभिनय गरेका छन् ।
यो भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेष बज्रचार्यको छायांकन, माधव बेलवासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन छ ।