http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा केही दिनयता बढ्दो क्रममा रहेको सुनको मूल्यमा साताको कारोबारको अन्तिम दिन भने सामान्य गिरावट आएको छ ।
अघिल्लो दिन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छपावाल सुन शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदी तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।