• बिहिबार, साउन २१ २०८३

उद्योग वाणिज्य संघ पालुङटारको अध्यक्षमा आलेमगर


शुक्रबार, माघ ९ २०७७
2K
Shares

गोरखा । गोरखा उद्योग वाणिज्य संघ पालुङटारको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । त्यहाँ रहेका व्यापारी व्यवसायीहरुको भेलाले मानबहादुर आले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्वत रुपमा गठित समितिको वरिष्ठ उपाध्यक्षमा सुरज श्रेष्ठ, उपाध्यक्षमा सूर्यमान श्रेष्ठ, सचिवमा दीपककुमार श्रेष्ठ, कोसाध्यक्षमा गुरुप्रसाद पौडेल र सहसचिवमा भरत देवकोटा चुनिएका छन् । अधिवेशनले टिकाराम कुमाल, राजेन्द्र सुनार, रविन खड्का, रमेशकुमार श्रेष्ठ, जिवमणी लुइँटेल, रवीन्द्र देवकोटा, केशरकुमार श्रेष्ठ र रिता श्रेष्ठलाई सदस्य चयन गरेको छ ।

अधिवेशनको बन्द सत्रमा अध्यक्ष मानबहादुर आलेको वार्षिक प्रगती प्रतिवेदन र कोसाध्यक्षमा ईश्वर बस्नेतको आर्थिक प्रतिवेदन माथि छलफल भएको थियो । अधिवेशनको उद्घाटन गर्दै पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले निजि क्षेत्रको लगानी बिना देश बिकास सम्भव नरहेको बताउनुभयो ।

आर्थिक उदारिकरणको नीति अनुसार सरकारी र नीजि क्षेत्र बिच साझेदारीमा मात्र बिकासका काम अघि बढ्न सक्ने उहाँको भनाई छ । ‘पालुङ्टार नगरपालिका एक्लैले चाहेर मात्र हामी यहाँको सबै काम गर्न सक्दैनौं । पालुङटारको बिकासका लागि निजि क्षेत्रले ठूलो लगानी भित्र्याउनु पर्छ,’ उनले भने, ‘हामी सरकारी निजि साझेदारीमा काम गर्न तयार छौं । आउनुहोस्सँगै हातेमालो गरौं ।’ उनले पालुङ्टारमा उद्योग वाणिज्य संघको शाखा खोल्न आग्रह गरेका छन् ।

जिल्ला शाखाको इकाइमा रुपमा होइन स्वतन्त्र शाखाको रुपमा बिकास गर्न व्यापारी व्यवसायीलाई उनको सुझाव छ । यसैगरी उपप्रमुख पंफा बसेल नीजि क्षेत्रलाई लगानीको वातावरण बनाउन पालुङटार नगरपालिका तयार रहेको बताइन् । पालुङटार क्षेत्रको सम्भावनालाई ख्याल गरी विभिन्न उद्योग धन्दा खोल्न उनले निजि क्षेत्रलाई सुझाव छ ।

कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, उपाध्यक्ष भगवान मास्के, सदस्यहरु चन्दबाबु खत्री, पालुङटार इकाईका पूर्व सचिव इश्वर बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार