• बिहिबार, साउन २१ २०८३

गोरखामा करिब ३ हजार सवारी साधान कारवाहीमा


शुक्रबार, माघ ९ २०७७
640
Shares

गोरखा । गोरखामा गत साउन देखि पुस मसान्त सम्म करिब ३ हजार सवारी साधान कारवाहीमा परेका छन् । साना तथा ठुला सवारी साधनले ट्राफिक नियम उल्घंन गरेका कारण २ हजार ८५० वटा सवारी साधन कारवाहीमा परेका हुन् ।

यो ६ महिनाको अवधीमा कारवाहीमा परेका मध्ये सबैभन्दा धेरै नौ सय ९२ मोटरसाईकल तथा स्कुट रहेका छन् । त्यस्तै गरी ५४० वटा कार/जिप, ५३४ ट्याक्टर, ३९३ ट्रक/टिपर र ३९१ वटा बस कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताउनुभयो ।

कार्यालयका अनुसार सवारी चालक अनुमती पत्र लिएर नहिडेका, ओभर लोड, धेरै यात्रु राखेर हिडेको र सवारी नियम उल्घंन गरेको कारण कारवाही गरिएको हो । सरवाहीमा परेका यी सवारी साधनबाट १९ लाख ३५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार साउनमा २५०, भर्दौमा १५०, असोजमा ३००, कात्तिकमा ६००, मंसिर ७५० र पुषमा ८०० सवारी साधन कारवाहीमा परेको हो ।

गत बर्षको छ महिनाको अबधीमा भने ६ हजार ५० वटा सवारी साधन कारवाहीमा पर्दा ४२ लाख ९९ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार