• बिहिबार, साउन २१ २०८३

गोरखामा मृतावस्थामा चितुवा भेटियो


शुक्रबार, माघ ९ २०७७
805
Shares

गोरखा । जिल्लामा फेरी मृत चितुवा फेला परेको छ । पालुङटार नगरपालिका ४ को माल्तीगैरा क्षेत्रमा एक वयस्क चितुवा मृृृत अबस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

४.५ फिट लम्बाई र १.५ फिट उचाईको भएको उक्त चितुवा माल्तीगैरा सामुदायिक बन र खेतको बिच खोल्सीमा मृत भेटिएको डिभिजन बन कार्यालय गोरखाले जानकारी दिएको छ ।

चुलेत्रो खोल्सी नाम गरेको स्थानमा बाख्रा चराउन गएका स्थानीय मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि कार्यालयका सहायक वन अधिकृत अर्जुनबहादुर अच्छामीको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

मृत चितुवाको शरिरमा खोइरो जस्तो (लुतो) र शरिरको विभिन्न भागमा चोट देखिएको सहायक वन अधिकृत अच्छामीले बताए । चितुवा–चितुवा बिच झगडा भएर शरिरमा चोट लागेको हुन सक्ने उनको अनुमान छ ।

स्थानीय जनप्रतिनिधी, स्थानिय बासिन्दा, प्रहरी र वन कार्यालयका कर्मचारीहरुको रोहवरमा उक्त चितुवाको शव व्यवस्थापन गरिएको वन कार्यालयले जनाएको छ ।

मृत चितुवाबाट गन्ध आई सकेको कारण केही दिन अगाडी नै मरेको हुन सक्ने कार्यालयले अनुमान गरेको छ । गोरखामा यस अघि पनि विभिन्न ठाउँमा चितुवा मृत भेटिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार