• मंगलबार, साउन १२ २०८३

बिहीबार थप ३३६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु


बिहिबार, माघ ८ २०७७
675
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा २२६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ३० जनामा पिसिआर परीक्षण गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार