• बिहिबार, साउन २१ २०८३

आँबुखैरेनीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


बिहिबार, माघ ८ २०७७
605
Shares

गोरखा । तनहुँको आँबुखैरेनीमा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै एकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित अदुवाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटना परी एक घाईते भएका छन् ।

बिहिवार अदुवाखर्कबाट आँबुखैरेनी बजार आउँदै गरेको ग १ प ३७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३६ वर्षिय केशब दर्लामीको घटनास्थलमै मृत्यु भएको हो । आँबुखैरेनी गाउँपालिका ३ का लिलबहादुर यादी दुर्घटनामा परी गम्भिर घाईते भएका छन् ।

गम्भिर घाईते यादीको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको आँबुखैरेनी प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार