• बिहिबार, साउन २१ २०८३

भारतबाट आज १० लाख डोज कोरोना खोप नेपाल ल्याइँदै


बिहिबार, माघ ८ २०७७
555
Shares

काठमाडौं । भारतले अनुदानस्वरूप नेपाललाई दिने कोरोनाविरुद्ध खोपको १० लाख डोज आज (बिहीबार) काठमाडौं ल्याइँदै छ।

अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान ११ः३० बजे एयर इन्डियाको विमानबाट खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइनेछ।

खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ।

खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार