• बिहिबार, साउन २१ २०८३

गोरखाका पत्रकार सापकोटालाई काउन्सिलले पुरस्कृत गर्ने


बिहिबार, माघ ८ २०७७
820
Shares

गोरखा । गोरखाका पत्रकार नरहरी सापकोटालाई नेपाल प्रेस काउन्सिलले पुरस्कृत गर्ने भएको छ ।

कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरेको भन्दै सापकोटालाई काउन्सिलले पुरस्कृत गर्न लागेको हो ।

पत्रकार सापकोटा गोरखा जिल्लामा बसेर गोरखामा रहेको रेडियो गोरखा, दरौदी दैनिक र राजधानीबाट प्रकाशित हुने नागरिक दैनिकमा आवद्ध छन् ।

साथै उनी नेपाल पत्रकार महासंघ गोरखा शाखाको सचिब समेत हुन् । काउन्सिलले देशै भरका ३५ जना पत्रकारहरु सम्मान गर्ने निर्णय भएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार