• शनिबार, साउन ९ २०८३

दरौंदी लिफ्टिङको पानी गोरखा बजार आउने ‘भाखा’ फेरी स¥यो


बिहिबार, माघ ८ २०७७
1.1K
Shares

गोरखा । गोरखा बजारमा दरौंदीको पानी आउने भाखा फेरी सरेकाे छ । गत वर्षको दशै अघि उपभोक्ताका घरमा पानी पु¥याउन घोषणा गरेका आयोजना कार्यालय र उपभोक्ता समिति अहिलेसम्म चुपचाप छन ।

निर्धारित समयसिमाअघि नै उपभोक्ताको घरमा पानी पु¥याउने घोषणा गरेको आयोजनाको कार्यालय, उपभोक्ता समिति, ठेकेदार लगायतबिच समान बुझाई र अन्योलको अवस्था सृजना भएपछि बुधबार गोरखा नगरपालिकाको समन्वयमा सराेकारवालाहरुबिच छलफल भएको छ ।

‘उहाँहरुविच नै समान बुझाई भएको पाइएन, अन्योलता बढेपछि हामीले हाम्रै कार्यालयमा बैठक आयोजना गरेर अन्तरकृया ग¥यौ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘आयोजनाको कार्यालय, समिति र ठेकेदार सबैले आ–आफ्ना अफ्ट्याराहरु सुनाउनुभयो, छलफल भयो, आयाेजना अघि बढाउन केहि महत्वपूर्ण निर्णयहरु पनि भएका छन् ।’

गत वर्ष साउन १७ गते पत्रकार सम्मेलनमा दरौंदी गोरखा (बृहत पम्पिङ) खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बद्री मास्केले दशै अघि नै पानी आउने दाबी गरेका थिए । तर उनको बोली अहिले फेरिएको छ । भन्छन, ‘सबै कुरा सोचे जस्तो नहुने रहेछ, काम लगभग सकिएको छ, आउने चैतसम्म उपभोक्ताका घरघरमा पानी झर्छ, ढुक्क भए हुन्छ ।’

गोरखा नगरपालिकामा बुधबार भएकाे सराेकारवालाहरुवीचकाे छलफल । सिभिलखबर

दशैपछि, तिहार, मंसिर मसान्त, चैत मसान्त हुँदै असार मसान्तसम्म पानी आउने भनेका सरोकारवालाहरुले अहिले चैत मसान्त भित्र काम सक्ने भन्न थालेका छन् । समयअवधी भन्दा एक वर्ष छिटो काम सम्पन्न गर्ने घोषणा गरेको ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि ६ महिना म्याद थप गरिएको छ ।

‘आयोजनाबाट हुनुपर्ने कामको प्रगती हेर्ने हो भने ९७ प्रतिशत सकिएको छ, तर केहि अन्तिम चरणका काममा आएर केहि अफ्ट्याराहरु र समिति र हामीविचपनि बुझाईमा फरक परेर अन्योलता भएकै हो’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख देवेन्द्र कुमार झाले भने, ‘आज सबै पक्षवीच राम्रो छलफल भयो, अब चाडै काम अघि बढ्छ ।’

उक्त आयोजनाले केही दिन अघि उपल्लो कोटसम्म पानी तानेर परीक्षण गरिसकेकोे छ । दरौदी लिफ्टिङ्ग आयोजना बल्ब मोडेल अनुसारको रहेको र यो नेपालमै पहिलो परिक्षण भएकाले पनि केहि अन्योलता आएको हो आयोजना प्रमुख झाले बताए ।

यता ठेकेदार कम्पनी भने विद्युत सम्बन्धी समस्याका कारण लामो समय काम नहुँदा समयमै आयोजना सम्पन्न गर्न बताउछ ‘हाम्रो काम सकिएको १ वर्ष भयो, विद्युतको समस्याले गर्दा वर्ष भरी काम गर्न पाइएन,’ एक इन्जिनियरले भने, ‘हामी त उपभोक्तालाई आयोजना हस्तान्तरण गर्न आतुर छौं ।’

६० करोड लागतमा ४ हजार ८ सय ५३ घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उदेश्य सहित २०७४ असारबाट आयोजना निर्माण सुरु गरिएको थियो । तुदी रमन जेभीले निर्माण गरेको उक्त खानेपानी आयोजनाको पानी गोरखा नगरपालिकाको वडा नम्बर ३ देखि ९ सम्मका स्थानीयले प्रयोग गर्नेछन् भने २४ हजार २६३ जनसंख्या लाभाम्वित हुने आयोजना कार्यालयको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार