• शनिबार, असोज १७ २०८३

कोरोना संक्रमणमा देखापर्‍यो अर्को नयाँ लक्षण : अनुसन्धानकर्ता


बुधबार, माघ ७ २०७७
525
Shares


काठमाडौं । कोरोना संक्रमणमा अर्को नयाँ लक्षण देखापरेको छ। अनुसन्धानकर्ताका अनुसार संक्रमितको जिब्रोमा दाग र घाउ देखिएका हुन्। जसलाई वैज्ञानिकले कोभिड—टङ नाम दिएका छन्।

यस लक्षणको पहिचान गर्नै किङ्स कलेज लन्डनका विशेषज्ञले भनेका छन्, ‘कोरोनाका हरेक ५ बिरामीमध्ये एकमा यस्तो लक्षण देखिएको छ जुन त्यति सामान्य छैनन्। यद्यपि अहिलेसम्म विश्वका ठूला स्वास्थ्य एजेन्सीले आधिकारिक रूपमा कोभिड—टङ लक्षणको घोषणा गरिसकेका छैनन्।

किङ्स कलेजका प्राध्यापक टिम स्पेक्टरले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनका अनुसार कोरोनाका बिरामीको जिब्रोमा घाउ र दाग देखिने समस्या बढिरहेको छ। यदि तपाईंमा यस्ता लक्षण देखिएको छ वा टाउको दुख्ने वा थकान महसुस भइरहेको छ भने घरमै बस्न उनले अनुरोध गरेका छन्।

वैज्ञानिकका अनुसार मुख पनि कोरोनाको प्रवेशद्वार हो। यसअघि नै सार्वजनिक भइसकेको छ कि कोरोना संक्रमणका लक्षणमा स्वाद तथा बास्ना थाहा नपाउनु पनि पर्छन्। अहिले जिब्रोमा दाग र घाउ देखापर्नु पनि कोरोनाको लक्षण बताइएको हो।

जामा डर्मेटोलजी जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘स्पेनमा कोरोनाका बिरामीमा अनुसन्धान गरिएको थियो। त्यस क्रममा २१ बिरामीको छालामा दाग देखियो भने ६ बिरामीको जिब्रोमा समेत दाग र धब्बा देखिए।’ एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार