• मंगलबार, साउन १२ २०८३

बुधबार थप ३१८ जनामा कोरोना पुष्टि, ६ को मृत्यु


बुधबार, माघ ७ २०७७
490
Shares


काठमाडौँ । पछिल्लो २४ घण्टामा बुधबार थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ सय ८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय ९३ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २६ हजार ७ सय २६ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ७२ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ जना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार