गोरखा । गोरखा बजारमा मापदण्ड विपरीत सञ्चालनमा रहेको दुई वटा मासु पसल नगरपालिकाले सिल गरिदिएको छ ।
मापदण्ड विपरीत सञ्चालन गरेका पुरानो बसपार्क क्षेत्रको माईला फ्रेस हाउस र मनकामना मिट हाउस सिल गरिएको हो । आज जनप्रतिनिधि, नगरपालिका र्कमचारी, प्रहरी लगायतको उपस्थितीमा नगरपालिकाले मासु पसल सिल गरेको हो ।
वधशाला अनुगमनका क्रममा उत्त पसलहरुले नगरपालिका संग दर्जनौ पटक गरेको सम्झौता उल्घंन गरेको, बजार क्षेत्रमा दुर्गन्ध फैलाएको तथा मासु पसलमा पर्याप्त सरसफाई नगरको भन्दै सिल गरिएको नगरपालिकाका प्रशासकिय अधिकृत एवं बजार अनुगमन संयोजक चेतप्रसाद अंगाईले बताए ।

नगरपालिकाले मापदण्ड पूरा गर्न लिखित तथा मौखिक निर्दोशन दिए पनि ब्यबसायीले अटेरी गरेकाले सिल गर्न बाध्य भएको प्रशासकिय अधिकृत अंगाईको भनाइ छ । नगरपालिका र ब्यबसायीबीच ब्यवस्थित रुपमा मासु पसल सञ्चालन गर्ने विषयमा यसअघि नै सम्झौता पनि भएको थियो ।
तर, कृण्णबहादुर शाहीले सञ्चालन गर्दै आएको मनकामना मिट हाउस र जुक्त्तमान श्रेष्ठले सञ्चालन गर्दै आएको माईला फ्रेस हाउसमा सम्झौता कार्यान्वन नभएको अंगाईले जानकारी दिए । मापदण्ड पूरा गरेर नगरपालिकामा ब्यवसाय दर्ता गरी पसल सञ्चालन गर्न चाहेमा पुनः ब्यवसायको अनुमति दिने अंगाईले बताएका छन् ।