• बिहिबार, साउन २१ २०८३

मट्टितेल खन्याएर आगो लगाई एक युवकको हत्या


बुधबार, माघ ७ २०७७
785
Shares

काठमाडौं । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । रुपन्देहीको मर्चवारमा अन्दाजी ३५ वर्षीय पुरुषको हत्या जलाएर हत्या भएको हो । हत्या गरिएका पुरुषको सनाखत हुन सकेको छैन ।

मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रवक्ता थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार