गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी स्थित दुर्गा माद्यामिक विद्यालयमा अध्यनरत बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । विद्यालयमा अध्यनरत ३४० जना बालबालिकाहरुलाई मङ्गलबार न्यानो कपडा वितरण गरिएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङको प्रमुख आतिथ्यातामा पोशाक वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले न्यानो पोशाकको अभावमा बालबालिकाहरु जाडोको कारण घरमै आगो तापेर बस्ने तथा विधालय नआउने समस्या पोशाक वितरण पछि समाधान हुने बताइन् ।
चिसो ठाउँका बालबालिकाहरुका लागि जाडोबाट बच्न न्यानो पोशाक वितरण हुनु अत्यन्त राम्रो रहेको गुरुङको भनाइ छ ।
स्थानीय अगुवा नागरिकहरुको समन्वयमा प्राप्त पोशाक बालबालिकाहरुलाइ प्रदान गरिएको थियो ।