http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ ।
मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।