• बिहिबार, साउन २१ २०८३

अजिंगर भीर फोरेर सडक


बुधबार, माघ ७ २०७७
590
Shares

{"caption":"u092eu094du092fu093eu0917u094du0926u0940u0915u094b u0930u0918u0941u0917u0902u0917u093e u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093eu2013u096a u0926u0917u094du0928u093eu092eu2013u0926u0930u094du092eu093fu091cu093e u092cu0938u094du0924u0940u092cu0940u091au0915u094b u0905u091cu093fu0902u0917u0930 u092du0940u0930 u092bu094bu0921u093fu090fu092au091bu093f u0938u0921u0915u0915u094b u091fu094du0930u092fu093eu0915 u0916u0941u0932u0947u0915u094b u091b u0964 u0924u0938u094du092cu093fu0930 : u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

म्याग्दी । अजिंगर भीर फोरेर रघुगंगा–४ को दग्नाम र दर्मिजा बस्ती जोड्ने सडकको ट्रयाक खुलेको छ ।

राहुघाट करिडोरमा पञ्चायतकालदेखि सबैभन्दा बढी राजनीति भएको भीरमा ट्रयाक खुलेसँगै दर्मिजा, चिमखोला, मंगले, घ्याँसीखर्क र मौवाफाँटसमेत सडक सञ्जालसँग जोडिएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम–दर्मिजा बस्तीबीचको अजिंगर भीर फोडिएपछि सडकको ट्रयाक खुलेको हो ।

उक्त भीरको बाटोमा हिँड्दा विगतमा दुई दर्जनभन्दा बढी पैदलयात्रुले ज्यान गुमाइसकेका छन् । भीर फोरेर पञ्चायतदेखि नै गोरेटो, घोडेटो र सहज सडक बनाउँछौं भन्नु हरेक चुनावमा भोट माग्ने बहाना बनेको थियो ।

दग्नाम–चिमखोला ४.८१ किलोमिटर सडक खन्न हालसम्म ८ करोड बढी भुक्तानी भइसकेको छ । त्यसमा ८ सय मिटर अजिंगर भीर र ६ सय ३० मिटर दर्मिजा–चिमखोलाखण्डको गोखोभीरको रक कटिङको काम पनि पर्छ । पहरामा सडक कम्तीमा ७ देखि १० मिटरसम्म चौडा रहेको गाउँपालिकाले जनाएको छ ।

अजिंगर भीर फोर्न साझेदार तुँदीपावर कम्पनीका प्रतिनिधि इन्द्र ढकालले कटिङको काम अझै भइरहेको बताए । खुलेको ट्रयाकमा गाडी गुड्न मिल्ने बनाउने काम भइरहेको गाउँपालिकाका सबइन्जिनियर कमल चोखालले बताए ।

संघ, प्रदेश र स्थानीय सरकारको प्रयासबाट ट्रयाक खुलेको स्थानीय अगुवा गम पुनले बताए ।अझै एक करोड ४० लाखको बजेट रहेकाले छिट्टै गाडी गुड्ने विश्वास रहेको पुनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार