गोरखा । शहिद लखन गाउँपालिकाको विभिन्न स्थानमा आँखा जाँच शिविर भएको छ । लायन्स क्लब अफ गोरखाको आयोजनामा भएको शिविरमा मंगलबार २ विद्यालय र १ स्वास्थ्य चौकीमा गरी कुल १९१ जनाको आँखा जाँच गरेको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण रोकिएको शिविर केही साता देखि सञ्चालनमा आएको लायन्स क्वल अफ गोरखाले जनाएको छ । मङ्गलबार वडा नम्बर २ को मनकामना स्वास्थ्य चौकी र ३ मा रहेको चण्डेश्वरी प्रार्थमिक र गंगा धर्म आधारभूत बिद्यालयमा आँखा शिविर सम्पन्न गरेको अध्यक्ष श्यामबावु श्रेष्ठले बताए ।

स्वास्थ्य चौकीमा भएको आँखा जाँच शिविरमा ३१ जना पुरुष र ४३ जना महिला गरी कुल ७४ जना आँखो जाँच गरिएको थियो । त्यस्तै गरी चण्डेश्वरी प्रार्थमिक र गंगा धर्म आधारभूत बिद्यालयमा पनि आँखा परीक्षण गरिएको छ । चण्डेश्वरीमा १३ जना छात्र र १९ जना छात्राले तथा गंगा धर्म आधारभूत बिद्यालयमा भएको शिविरमा ३५ जना छात्र र ५० जना छात्राको आँखा जाँच गरिएको श्रेष्ठले बताए ।
शिविरमा आँखा कमजोर छ वा छैन, चश्मा लगाउनु पर्छ वा पर्दैन तथा आँखा अप्रेशन गनुपर्ने भए त्यस्ता रोगीको छनौट गरिने गर्दछ । क्लबले सोमबार देखी जिल्लाका विभिन्न ग्रामिण ईलाकामा आँखा जाँच शिविर सञ्चालनको सुरुवात गर्न थालेको छ । सोमबार बक्राङ स्वास्थ्य चौकीमा भएको आँखा शिविरमा ४२ जना पुरुष र ४५ जना महिलाले आँखा जाँच गराएका थिए ।
बक्राङमा भएको शविरमा ५ र आज मनकामना स्वास्थ्य चौकीमा भएको शिविरमा १ जना बिरामीको आँखा अप्रेशन गनुपर्ने देखिएको क्लबले जनाएको छ । मंगलबार भएको शिविरमा भने ५ जनाको आँखा कमजोर देखिएकोले चश्मा लगाउन सिफारिस गरिएको छ ।