• बुधबार, साउन १३ २०८३

मंगलबार थप ३४८ संक्रमित थपिए, ४४१ कोरोनामुक्त


मंगलबार, माघ ६ २०७७
615
Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा मंगलबार थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४ सय ४१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ६४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २१ हजार ७ सय १४ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ४ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ जना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार