• बुधबार, साउन २० २०८३

फिल्म ‘गोर्खे’ को यस्तो छ शीर्ष गीत ‘गोर्खे, गोर्खे..’(भिडियो)


मंगलबार, माघ ६ २०७७
1.8K
Shares


काठमाडौं । फिल्म ‘गोर्खे’को शीर्ष गीत ‘गोर्खे, गोर्खे..’ सार्वजनिक भएको छ । गीतमा साहस शाक्यको स्वर तथा संगीत र नग्वा फिन्जु पाख्रिनको शब्द रहेको छ ।

अगामी फागुनको दोश्रो सातादेखि प्रदर्शनमा आउने कोजु ईन्टरटेन्टमेनको ब्यानरमा निर्मित फिल्ममा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापाको निर्माण रहेको छ । गीतमा फिल्मका मुख्य पात्रहरुलाई फिचर्ड गरिएको छ ।

५ युवाहरुको कथा बाचन गर्ने फल्ममा रबिन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ्ग, अश्मी लामा, अश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदिप राई आदि कलाकारहरुले अभिनय गरेका छन् ।

सौरभ लामा र निरज कँडेलद्वारा छायांकन गरिएको यो फिल्मको कथा काजी लिम्बुले लेखेका हुन् । फिल्ममा छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ ।

देशका रमणीय स्थलहरु पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौंमा छायांकन भएको फिल्मका निर्देशक किम्मत गौतम हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार