काठमाडौं । हिटर बालेर सुतेका बेला कोठाभित्र आगलागी हुँदा काठमाडौंको कलंकी खड्का गाउँका एक व्यक्तिको मृत्यु भएको छ ।
८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
खड्का आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका थिए।। त्यस क्रममा हिटर सर्ट भएर आगलागी भएको हो। आगोले खड्काको छाती, पेट र ढाड पूरै जलेको प्रहरीले जनाएको छ।