• बुधबार, साउन २० २०८३

कोरोनाका कारण थप एकको मृत्यु


मंगलबार, माघ ६ २०७७
540
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

धनकुटा—४ घर भएकी ७७ वर्षीया महिलाको मंगलबार बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । उनमा उच्च रक्तचापकोसमेत समस्या थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई धनकुटा जिल्ला अस्पतालले रिफर गरेको थियो । गत पुस १४ गते बीपी प्रतिष्ठानमा भर्ना भएकी उनमा पुस १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार