• बुधबार, साउन २० २०८३

भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, दुईको मृत्यु


मंगलबार, माघ ६ २०७७
675
Shares


काठमाडौं । भारतमा जारी कोरोनाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत तेस्रो दिन सोमबारसम्म ३ लाख ८१ हजार जनाले खोप लगाएका छन्।

खोप लगाएकामध्ये अहिलेसम्म ५८० जनामा नकारात्मक असर (साइडइफेक्ट) देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जसमध्ये ७ जना अस्पताल भर्ना भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ३ जना दिल्ली, दुई जना कर्नाटक तथा उत्तराखण्ड र छत्तीसगढमा एक–एक जना अस्पताल भर्ना भएका हुन्।

साथै खोप लगाएका २ व्यक्तिको मृत्युसमेत भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको हो।

कर्नाटक राज्यमा खोप अभियान सुरु भएकै दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको हो भने उत्तर प्रदेशको मुरादाबादमा ५२ वर्षीय व्यक्तिको भने खोप लगाएको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनले पनि शनिबार नै खोप लगाएका थिए।

पछिल्लो व्यक्तिको पोस्टमार्टम रिपोर्ट आइसके पनि पहिलो व्यक्तिको रिपोर्ट आउन बाँकी छ।

रिपोर्ट आएका व्यक्तिको मृत्यु खोपका कारण नभई हृदयाघात र फोक्सोमा समस्याका कारण भएको भारतीय मन्त्रालयको दाबी छ। अर्का व्यक्तिको मृत्युको कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने मन्त्रालयले जनाएको छ।

भारत सरकारले गत शनिबारदेखि देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ। जुन अभियानलाई विश्वकै ठूलो खोप अभियान भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार