• बुधबार, साउन २० २०८३

शहिद लखनले सबै वडा र विधालयहरुमा आँखा जाँच शिविर सञ्चालन गर्ने


मंगलबार, माघ ६ २०७७
505
Shares

गोरखा । गोरखाको शहिद लखन गाँउपालिकाले पालिका भित्रका सबै वडा र विधालयहरुमा आँखा जाँच शिविर सञ्चालन गर्ने भएको छ ।

गोरखा लायन्स आई सर्जिकल सेन्टरको प्रविधिक सहयोगमा पालिका भित्र रहेका सबै वडाका स्वास्थ्य चौकी तथा पाँच कक्षासम्मका विधायर्थीहरुलाई लक्षित गरि शिविर सञ्चालन गर्ने लागिएको हो । हिजो (आइतबार) बक्राङ स्वास्थ्य चौकीमा आँखा जाँच शिविर गरेर अभियानको सुरुवात गरिएको गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

आँखा शिविर माघ ५ गते बक्राङ स्वास्थ्य चौकीमा, ६ गते मनकामना स्वास्थ्य चौकीमा, ७ गते मनकामना आधरभूत स्वास्थ्य चौकीमा, ९ गते ताकलुङं स्वास्थ्य चौकीमा, १० गते ताकलुङं आधरभूत स्वास्थ्य चौकीमा, ११ गते घैरुङग स्वास्थ्य चौकीमा, १२ गते बुङकोट स्वास्थ्य चौकीमा, १३ गते बुङकोट आधरभूत स्वास्थ्य चौकीमा र १४ गते नामजुङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएको छ ।

माघ १४ गते सम्ममा नौ वटै वडाका स्वास्थ्य संस्थामा पहिलो चरणको शिविर गरेर आगमी असारसम्म स्वास्थ्य संस्था तथा विधालयमा पालैपालो शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा संयोजक श्रेष्ठको भनाइ छ ।

श्रेष्ठका अनुसार शिविरको क्रममा शल्यक्रिया गर्नु पर्ने केही भेटिएमा गोरखा लायन्स आई सर्जिकल सेन्टरले निःशुल्क शल्यक्रिया गरिदिने बताए । बिरामीले अन्यत्रै शल्यक्रिया गर्न चाहेमा गाँउपालिकाले आधा खर्च ब्यर्होने योजना रहेको श्रेष्ठले जनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार