• मंगलबार, साउन १२ २०८३

सोमबार थप ३२२ जनामा कोरोना पुष्टि, ६ को मृत्यु


सोमबार, माघ ५ २०७७
730
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ३ सय ७४ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म कोरोनाबाट १ हजार ९ सय ६५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा समेत ६ जनाले ज्यान गुमाएका छन् ।

सरकारले नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना समेत देखिएको बताएको छ भने संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार