• आइतबार, असोज १८ २०८३

एकसाथ ६ फिल्ममा काम गर्दै दीपिका


सोमबार, माघ ५ २०७७
595
Shares


काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोनको लागि सन् २०२१ विशेष बन्ने भएको छ।

यो वर्ष दीपिकाका ६ फिल्म लाइनमा छन्। कोरोनको महामारीका कारण सुन् २०२० फिल्मी जगतका लागि निराश वर्ष भए पनि २०२१ को सुरुवातासँगै यो क्षेत्र क्रमशः उठन थालेको छ।

दीपिका यो वर्ष एकसाथ ६ फिल्ममा काम गर्ने भएकी हुन्।

उनी शारुखको ‘पठान’, सिद्धान्त चतुवेद्धीसँग शकुन बत्राको आगामी फिल्म, द इन्टर्न, महाभारत, प्रभासका साथ साउथ इन्डियन रिमेक फिल्म, हाउसफुल ५ गरी ६ फिल्ममा काम गर्ने भएकी हुन्। यी सबै फिल्ममा उनी अलग–अलग कलाकारसँग देखिँदैछिन्।

उनले कम्तीमा पनि दुई वटा प्रोजेक्ट यो वर्ष पूर्ण गर्ने बताएकी छन्। उनले योजनावद्ध रुपमा काम गर्ने गरी रुटिन समेत बनाइसकेको उनीनिकट स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार