• बुधबार, साउन २० २०८३

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ


सोमबार, माघ ५ २०७७
770
Shares


काठमाडौं । पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा रुपन्देहीमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक रहेका छन् । कोटिहवामा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

अनुसन्धानको क्रममा होमबहादुरले आफ्नो अपराध स्वीकार गरेको उनको भनाइ छ । थापाका अनुसार माघे संक्रान्तिका दिन पसलमा जाँदै गरेकी बालिकालाई होमबहादुरले बाटोबाट झाडीतर्फ लगेर जबरजस्ती करणी गरेका थिए । बालिकालाई खोजी गर्ने क्रममा झाडीमा बेहोस अवस्थामा फेला पारिएको थियो ।

बालिकाको अहिले काठमाडौंमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको डीएसपी थापाले बताए । अभियुक्त होमबहादुर तिलोत्तमा नगरपालिका–१३ बभनीको पशु फार्ममा मजदुरी काम गर्दै आएका व्यक्ति हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार