• बुधबार, साउन २० २०८३

पीएम कप क्रिकेट : गण्डकीले दर्ता गर्‍यो पहिलो जित, प्रदेश १ दुई विकेटले पराजित


सोमबार, माघ ५ २०७७
675
Shares


काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा प्रदेश १ लाई २ विकेटले पराजित गरेको हो।

प्रदेश १ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।

गण्डकीका अर्जुन कुमाल र दिपक डुम्रे समान ३५ रनमा पवेलियन फर्के। ६८ बलको सामना गरेका अर्जुनले ५ चौका मद्दतमा ३५ रन जोड्दा रन आउट भए। ९४ बलको सामना गरेका दिपकले ४ चौका हाने।

अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रदेश १ का शुभांकर उराओ र मिनास थापाले २ तथा दिपेश कँडेल, हेमन्त राईले एक एक विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १, २७ दशमलव ४ ओभरमा १ सय २ रन जोड्दा अलआउट भयो।

घातक बलिङ गरेका गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए। विशालले २७ ओभरको दोस्रो बलमा राजन मगर, तेस्रो बलमा मनोज तामाङ र चौथो बलमा हेमन्त राईलाई पवेलियनको बाटो देखाए। ७ ओभर बलिङ गरेका भण्डारीले १८ रन खर्चे। ६ ओभर ४ बल बलिङ गरेका सुवास पौडलले २५ रन खर्चेर ४ विकेट झारे। विपिन खत्रीले २ विकेट लिए।

प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले जोडेको २४ रन नै सर्वाधिक रह्यो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार