• बुधबार, साउन २० २०८३

सुनको मूल्यमा सामान्य गिरावट


सोमबार, माघ ५ २०७७
560
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार