• आइतबार, असोज १८ २०८३

पत्रकार महासंघको केन्द्रीय साधारणसभा फागुनमा


सोमबार, माघ ५ २०७७
665
Shares

नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ।

हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो। साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ।

देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए।

यस्तै जिल्ला शाखा सिन्धुपाल्चोकको साधारणसभा पनि माघ २४ गतेलाई तोकिएको आज बसेको शाखाको बैठकले निर्णय गरेको छ।

शनिबार पत्रकार महासंघको टोली हेलम्बु पुगेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार