• बुधबार, साउन २० २०८३

जुवाडेसँग बरामद भएको रकम राजस्वमा दाखिला भएन


सोमबार, माघ ५ २०७७
580
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले जुवाको खालबाट बरामद भएको रकम राजस्वमा जम्मा नगरेको खुलासा भएको छ । गएको दशै र तिहारमा जिल्लाका विभिन्न ठाउँमा बरामद गरिएको करिब १ लाख रुपैयाँ एसपी सुरेन्द्र गुरुङले आफैले राखेको प्रहरी स्रोतले बताएको छ ।

सम्बन्धित इकालका प्रहरी कार्यालयले समातिएका मानिससँगै बरामद भएको रकम पनि जिल्ला प्रहरी कार्यालयलाई बुझाएका थिए । उक्त समयमा इलाका प्रहरी कार्यालय जौवारीले ६९ हजार, ठाँटपोखरीले ५० हजार रुपैयाँ जिल्ला प्रहरी कार्यालयमा बुझाएको स्रोतले बताएको छ ।

अन्य रकम राजस्वमा जम्मा गरिएपनि हालसम्म उक्त रकम राजस्वमा जम्मा भएको छैन । तर जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी गुरुङले भने, कतिपय रकम विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेको र बाँकी भएको जम्मा हुने क्रममै रहेको दाबी गरे ।

‘मलाई अनावश्यक लान्छना लगाउने काम भएको छ । मैले एक रुपैयाँ पनि दुरुपयोग गरेको छैन,’ उनले भने ।

जुवाको खालबाट बरामद भएको रकम तत्काल राजस्वमा दर्ता गर्नुपर्ने कानूनी प्रावधान छ । यदी उक्त रकम राजस्वमा जम्मा नगरी एसपी गुरुङ्गले आफै राखेको भए कारवाही गर्ने गण्डकी प्रदेश प्रहरी कार्यालयले बताएको ।

उक्त विषयमा अनुसन्धान सुरु भएको बाहिर आएका जस्तो गरी रकम जम्मा नगरिएको भए कानून अनुसार कारवाही गरिने गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार