गेरखा नगरपालिका १२ दशकिलोमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी उक्त ट्याक्टरका चालक गंभिर घाईते भएका छन । गोरखा नगरपालिका ११ सिर्दी घर भएका २१ बर्षका रबि नेपाली गम्भीर घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
गोरखा नगरपालिका १० मा रहेको पम्पबाट तेल हालेर सामान लोड गर्नका लागि जाँदै गर्दा ट्याक्टर दुर्घटनमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।
ट्याक्टर पल्टिदा चालक नाली र ट्याक्टरको वीचमा परेर च्यापिदा गंभिर घाईते भएका हुन । घाईते चालकको आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ । उनको सघन उपचार कक्षमा उपचार भई रहेको छ ।