गोरखा । रत्नराज्य माबिका शिक्षकहरुलाई ल्यापटप बितरण गरिएको छ । गोरखा नगरपालिका १० मा बिरेनचोकमा अवस्थित उक्त विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यले हाम्रो प्यारो नेपाल नामक गैरसकारी संस्थाले सहुलियतमा ल्यापटप उपलब्ध गराएको हो ।
उक्त विद्यालयमा अध्यापन गराउने २० जना शिक्षकले ५५ हजार मूल्य पर्ने ल्यापटप ५० प्रतिशत अनुदानमा पाएका हुन् ।

आइतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाका जीवन ओलीले शिक्षकहरुलाई ल्याप्टप उपलब्ध गराएका हुन् ।
संस्थाले ल्याप्टप ब्याग पनि शिक्षकहरुलाई दिएको छ । ल्याप्टप हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तेजबहादुर नेपाली, वडा अध्यक्ष देवीबहादुर बस्नेत, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर आले लगायतले मन्तव्य राखेका थिए । यस अघि उक्त संस्थाले विद्यालयलाई भबन निर्माण, पोशाक, स्टेशनरी, बिभिन्न सिपमुलक तालिम लगायतका काममा सहयोग गर्दै आएको थियो ।