• मंगलबार, साउन १२ २०८३

आइतबार कोरोनाका २६६ संक्रमित थपिए, ५ को मृत्यु


आइतबार, माघ ४ २०७७
540
Shares


काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ३ हजार ९ सय १९ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख १२ हजार ४ सय ५२ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ सय २१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ जना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार