• बुधबार, साउन २० २०८३

पीएम कप क्रिकेट : त्रिभुवन आर्मीको लगातार दोस्रो जित


आइतबार, माघ ४ २०७७
520
Shares


काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ।

समूह ‘ए’मा रहेको आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।

आर्मीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको कर्णाली ३३ दशमलव ३ ओभरमा १ सय ९६ रन जोड्दा अल आउट भयो।

कप्तान रविन्द्र शाहीले जोडेको ३० रन नै कर्णालीका लागि पर्याप्त रह्यो। हेमन्त वलीले १६ र दिनेश अधिकारीले १२ रन जोड्दा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कर्णालीलाई कम स्कोरमा रोक्न सुसन भारीले ४ विकेट लिए । ८ दशमलव ३ ओभर बलिङ गरेका भारीले ३ मेडन राख्दै १९ रन खर्चेर ४ विकेट झारे। ५ ओभर बलिङ गरेका रोहित पौडेलले १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए। साहब आलमले १० ओभरमा ४४ रन खर्चेर १ मेडन राख्दै ३ विकेट लिए। हरि चौहानले एक विकेट लिए।

त्यसअिघ काठमाडौस्थित मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४३ दशमलव १ ओभरमा १ सय ९५ रन जोड्दा अलआउट भयो।

आर्मीका अनिल मण्डलले ८९ रनको महत्वपुर्ण योगदान दिएपछि आर्मी फराकिलो योगफल तयार पार्न सफल भएको हो। १ सय १४ बलको सामना गरेका मण्डलले १४ चौका मद्दतमा ८९ रन जोडेका हुन्। ५५ बलको सामना गरेका कप्तान विनोद भण्डारीले १ छक्का र ३ चौका मद्दतमा ४१ रन जोडे। राजेश पुलामीले १६, लोकेश बलमे १३ र रोहित पौडेलले ११ रन जोडे।

कर्णाली प्रदेशका दिनेश अधिकारी, राज शाह, दिवान पुनले समान २ विकेट लिए। अनुज चुनारा र युनिस सिंहले एक एक विकेट आफ्नो नाममा गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार