• बुधबार, साउन २० २०८३

नाजिर र रेश्माको ‘माया किन मोडियो’ (भिडियोसहित)


आइतबार, माघ ४ २०७७
570
Shares

काठमाडौं । निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको ‘माया किन मोडियो’ बोलको गीत सार्वजनिक भएका छ । गीत आकर्षक भिडियोसहित सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको भिडियोमा नायक नाजिर हुसेन र मोडल रेश्मा घिमिरेले अभिनय गरेका छन् । प्रतिमा शर्माले निर्माण गरेको यो भिडियोमा जया शर्मा क्रियटिभ निर्देशकको रुपमा छिन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोको स्क्रिप्ट साइव्रत आचार्यले तयार पारेका हुन् । गीतमा सुदन गैरेको स्वर तथा संगीत छ भने किरण घिमिरेको शब्द छ ।

भिडियोमा नाजिर र रेश्माविचको मित्रता देखाइएको छ । भिडियोमा मुस्कान शाह र एलिस खनाललाई पनि देख्न सकिन्छ । विकास दाहालले भिडियोको सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार